दफा १८७
बकपत्र प्रमाणित गर्नु पर्ने

(१) न्यायाधीशले अदालतमा साक्षी परीक्षण गर्दा मुद्दामा निजबाट खुलाउनु पर्ने विषयको प्रश्न सोधी त्यस्तोप्रश्न, साक्षीले दिएको जवाफ र त्यसमा कानून बमोजिम जिरह भएको भए त्यस समेतको विवरण बकपत्रमा अभिलेख गर्नुपर्नेछ ।
(२) उपदफा (१) बमोजिमको विवरण अभिलेख भएपछि साक्षीलाई कुनै विषयमा कुनै कुरा व्यक्त गर्न बाँकी भए नभएको सोधीबाँकी भए त्यस्तो कुरा समेत व्यक्त गर्न लगाई बकपत्रमा त्यस्तो कुरा अभिलेख गर्नु पर्नेछ र त्यस्तो बकपत्रकोकागजमा निज र मुद्दाका उपस्थित पक्ष वा वारिसको रोहबरमा साक्षी परीक्षण भएको कुरा उल्लेख गरी त्यस्ता सबैव्यक्तिहरूको सहीछाप गराई न्यायाधीशले प्रमाणित गर्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम तयार भएको बकपत्रको कागजमा साक्षी, मुद्दाका पक्ष वा वारिसमध्ये कसैले वा सबैले सहीछापगर्न इन्कार गरेमा सोही व्यहोरा उल्लेख गरी साक्षी परीक्षण गर्ने न्यायाधीशले त्यस्तो कुरा प्रमाणित गरीसम्बन्धित मुद्दाको मिसिलमा राख्नु पर्नेछ ।
(४) साक्षीको बकपत्र गराउँदा अनुसूची–१७ बमोजिमको ढाँचामा गराउनु पर्नेछ ।